लघुवित्त पीडित र सरकारबीच आजै वार्ता हुने, अर्थ मन्त्रालयद्वारा समिति गठन
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितहरूसँग वार्ता गरी समस्या समाधान खोज्न एक उच्चस्तरीय वार्ता समिति गठन गरेका छन्।
बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै उनले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गरेका हुन्।
अर्थमन्त्री वाग्लेले गठित समितिलाई आजैदेखि आन्दोलनरत पक्षसँग औपचारिक वार्ता सुरु गर्न निर्देशन दिएका छन्।
गठित समितिको सदस्यहरूमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल रहेका छन्।
समितिको सदस्य सचिवको जिम्मेवारी भने अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्यलाई दिइएको छ।
अर्थ मन्त्रालयमा बस्ने समितिको पहिलो बैठकले आन्दोलनरत लघुवित्त पीडितका प्रतिनिधिहरूसँग वार्ताको ठोस खाका तयार गरी आजै संवाद प्रक्रिया अगाडि बढाउने जनाइएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment