हृदयेन्द्रलाई रविन्द्र मिश्रले भने ‘राजा बन्न तयार रहनुस्’
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व वरिष्ठ उपाध्यक्ष तथा राजनीतिक विश्लेषक रविन्द्र मिश्रले पूर्व नवयुवराज हृदयेन्द्र शाहलाई जन्मदिनको अवसरमा शुभकामना दिँदै भविष्यमा देशको गद्दी सम्हाल्नका लागि बौद्धिक, मानसिक र भावनात्मक रूपमा तयार रहन सार्वजनिक आह्वान गरेका छन्।
पूर्व नवयुवराज शाहलाई ‘सरकार’ सम्बोधन गर्दै सामाजिक सञ्जालमार्फत पठाएको सन्देशमा मिश्रले नेपालजस्तो भूराजनीतिक रूपमा संवेदनशील मुलुकमा साझा अभिभावकका रूपमा राजसंस्था पुनर्स्थापित हुनु अनिवार्य भइसकेको दाबी गरेका छन्।
भदौ २३ र २४ गतेका घटनाक्रम तथा बाह्य हस्तक्षेपको सम्भावनालाई समेत उद्धृत गर्दै उनले देश थप गम्भीर संकट र अशान्तिमा पर्न नदिन राजसंस्थाको उपस्थिति अपरिहार्य रहेको र त्यो चेतना जनतामा व्यापक बन्दै गएकाले हृदयेन्द्रलाई विश्वकै चुनौतीपूर्ण जिम्मेवारीका लागि पूर्वतयारी गर्न आग्रह गरेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment