भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

डिसी नेपाल
१७ साउन २०८३ १५:२५

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट पेट्रोलियम पदार्थको मूल्य दोहोरो अंकले बढेर आए पनि नेपाल आयल निगमले हालसम्म नयाँ मूल्यसूची सार्वजनिक गरेको छैन।

स्वचालित मूल्य प्रणालीअनुसार २ रुपैयाँभन्दा बढी मूल्य हेरफेर गर्नुपर्ने अवस्थामा सञ्चालक समितिको बैठक बस्नुपर्ने कानुनी व्यवस्था भएकाले निगमले निर्णय कुर्दै, सार्वजनिक बिदाका कारण बैठक बस्न ढिलाइ भएको जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेका कारण नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य बढ्ने निश्चितप्रायः भएको छ। आपूर्ति सचिव नारायणप्रसाद शर्मा दुवाडीको अध्यक्षतामा रहने निगम सञ्चालक समितिको बैठक बसेर निर्णय गरेपछि मात्र नयाँ मूल्यसूची कार्यान्वयनमा आउनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *