कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक, ८१.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

डिसी नेपाल
२१ साउन २०८३ २१:४३

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक (मौका) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। गत साउन २ र ३ गते सञ्चालन भएको परीक्षामा ८१.१९ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गरेका छन्।

बोर्डका अनुसार परीक्षामा कुल ७१,३१० जना विद्यार्थी सहभागी भएका थिए, जसमध्ये ५८,८९७ जना ले सबै विषयमा ग्रेड प्राप्त गरी उत्तीर्ण भएका छन्। साथै, नियमविपरीत गतिविधि गरेका कारण ३ जना परीक्षार्थीको परीक्षाफल रद्द गरिएको बोर्डले जनाएको छ।

परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक वेबसाइट, एसएमएस सर्भिस, र आईभीआर सर्भिसमार्फत आफ्नो परीक्षाफल हेर्न सक्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *