इरान सरकारको विरोध गर्ने दुई इरानी महिला फुटबलरलाई अस्ट्रेलियाको नागरिकता

डिसी नेपाल
२२ साउन २०८३ ११:४२

ब्रिस्बेन । इरान सरकारको सार्वजनिक रूपमा विरोध गर्दै आएका दुई इरानी महिला फुटबल खेलाडीहरूले अस्ट्रेलियाको नागरिकता प्राप्त गरेका छन्।

३४ वर्षीया अतेफे रमजानिजादेह र २२ वर्षीया फातेमह पसन्दिदेहले क्यानबेरा/क्विन्सल्यान्डको ब्रिस्बेनमा आयोजित एक समारोहमा अस्ट्रेलियाको नागरिकता ग्रहण गरेका हुन्।

नागरिकता प्राप्त गरेपछि रमजानिजादेहले यसलाई “अत्यन्तै खास र कहिल्यै बिर्सन नसकिने दिन” भनेकी छन्। उनका सहकर्मी पसन्दिदेहले भनिन्, “यो क्षण मेरा लागि शब्दहरूभन्दा पनि माथि छ।”

महिला एसियाली कपका क्रममा अस्ट्रेलिया पुगेका इरानको राष्ट्रिय टोलीका सात जना खेलाडीहरूलाई मानवीय आधारमा भिसा दिइएको थियो। यद्यपि, तीमध्ये पाँच जना खेलाडीहरूले पछि आफ्नो निर्णय बदलेर इरान फर्किएका थिए।

अमेरिका-इजरायल र इरानबिच युद्ध सुरु भएको केही दिनपछि नै इरानी टोलीले आफ्नो पहिलो खेलअघि राष्ट्रियगान गाएका थिएनन्। त्यसपछि खेलाडीहरू आफ्नो देश फर्किएमा उनीहरूमाथि कडा कारबाही हुन सक्ने आशङ्का व्यक्त गरिएको थियो।

अस्ट्रेलियामा बसोबास गर्दै आएका इरानी समुदायको दबाबपछि अधिकारीहरूले खेलाडीहरूलाई शरण (असाइलम) का लागि आवेदन दिने अवसर उपलब्ध गराएका थिए। अन्ततः रमजानिजादेह र पसन्दिदेहले मात्र उक्त प्रस्ताव स्वीकार गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *