बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिने मिति परिवर्तन
हेटौडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभामा विश्वासको मत लिने मिति परिवर्तन भएको छ।
यसअघि भदौ ७ गते आइतबार विश्वासको मत लिने गरी तय गरिएकोमा अब भदौ ८ गते हुने भएको हो। प्रदेशसभा सचिवालयले शुक्रबार जारी गरेको संशोधित सूचनाअनुसार प्रदेशसभाको आठौं अधिवेशनको १८औं बैठक भदौ ८ गते सोमबार दिउँसो १ बजे बस्ने भएको हो।
मुख्यमन्त्री थापामगरले सोमबार विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment