सिकन्दर राजा चितवनबाट एनपीएल खेल्ने

डिसी नेपाल
६ भदौ २०८३ २०:०३

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि चितवन राइनोजले जिम्बाब्वेका अलराउन्डर सिकन्दर राजालाई भित्र्याएको छ।

चितवन राइनोजले आगामी सिजनका लागि राजालाई अनुबन्ध गरेको घोषणा गरेको हो।

४० वर्षीय राजा जिम्बाब्वेको राष्ट्रिय टोलीबाट उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् भने विश्वका दुई दर्जन भन्दा बढी टी-२० लिगबाट फ्रेन्चाइज लिह खेलिसकेका छन्। उनी आइपिएलमा पनि पञ्जाव किंग्सबाट २०२३ र २०२४ मा खेलेका थिए।

मार्की खेलाडी कुशल मल्ल रहेको चितवनमा दीपक बोहोरा, देव खनाल, रिजन ढकाल, कमल सिंह ऐरी, रन्जीत कुमार र अर्जुन साउद रिटेन भएका छन् भने अक्सनबाट आशिक धामी, विपिन रावल, मौसम ढकाल, गौतम केसी, विवेक कुमार यादव र सलाउद्दीन खानलाई लिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *