भारतका केएस भरतले काठमाडौंबाट एनपिएल खेल्ने
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) टोली काठमाडौं गोर्खाजले पहिलो विदेशी खेलाडीको रूपमा भारतका विकेटकिपर/ब्याटर केएस भरतलाई अनुबन्ध गरेको छ। काठमाडौँले तेस्रो संस्करणको एनपिएलका लागि उनलाई अनुबन्ध गरेको हो।
भारतीय घरेलु क्रिकेटका अनुभवी खेलाडी भरतले आफ्नो देशका लागि सातवटा टेष्ट खेलेका छन्। उनले दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेँगलुरुबाट इण्डियन प्रिमियर लिग (आइपिएल) समेत खेलिसकेका छन्। उनले प्रथम श्रेणी क्रिकेटमा छ हजारभन्दा बढी रन बनाएका छन्।
भरतले यही वर्षको जुन महिनामा अन्तरराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए। अनुभवी खेलाडी भरतको आगमनले टोली थप बलियो बनेको काठमाडौं गोर्खाजले जनाएको छ।
‘‘भारतका अन्तरराष्ट्रिय खेलाडी केएस भरतले आफ्नो देशका लागि टेस्ट क्रिकेट खेलिसकेका छन्। विकेट पछाडि धैर्य र संयमका लागि परिचित भरतले टोलीमा अनुभव, विश्वासनीयता र सुरक्षित विकेट किपिङ ल्याउने छन्’’, काठमाडौं गोर्खाजले उनलाई सार्वजनिक गर्दै सामाजिक सञ्जालमा लेखेको छ।
एनपिएलको तेस्रो संस्करण आउँदो कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म काठमाडौंमा आयोजना हुने तय भएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment