टप एन्ड सिरिजमा नेपाल ए को दोस्रो जित
काठमाडौं। अस्ट्रेलिया जारी टप एन्ड सिरिज अन्तर्गत नेपाल ए ले दोस्रो जित हासिल गरेको छ। बुधबार सम्पन्न खेलमा नेपाल ए ले एसिटीलाई ४ विकेटले पराजित गरेको हो।
एसिटीले दिएको १४१ रनको लक्ष्य पछाएको नेपालले १९.२ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो।
नेपालको जितमा कुशल भुर्तेलले सर्बाधिक ६१ रन बनाएका थिए भने पवन सराफले २९ र मयन यादवले २१ रन बनाएका थिए। त्यस्तै एसिटीका बलर जाक केओघले ३ विकेट तथा जीत मेहताले २ विकेट लिएका थिए।
यसअघि टस हारेरपहिला ब्याटिंग गरेको एसीटीले २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको थियो। एसीटीका लागि डाइलान हन्टरले सर्बाधिक ४४ रन बनाए भने अंश तिवारीले १९ र जाक स्मिथले १४ रन बनाएका थिए। त्यसैगरी नेपाली बलर कुशल भुर्तेलले ३ र युवराज खत्रीले २ विकेट लिएका थिए भने पवन सराफ, विपिन कह्त्री र शाहब आलमले एक एक विकेट लिए।
योसहित नेपाल ए ले ४ खेलमा दोस्रो जित हासिल गरेको छ। शुरुवाती दुवै खेलमा हार बेहोरेर खराब शुरुवात गरेको नेपाल ए ले त्यसपछिका दुवै खेल जितेको छ। प्रतियोगितामा नेपाल ए ले अर्को खेल अगस्ट २७ मा किङ्सम्यान र अगस्ट २९ मा भिक्टोरियासँग खेल्ने तालिका रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment