विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। केन्द्रीय बैंकले निर्धारण गरेको मूल्य अनुसार आज अमेरिकी डलर एकको खरिद दर १५२ रुपैयाँ ३१ पैसा र बिक्री दर १५२ रुपैयाँ ९१ पैसा कायम भएको छ।
त्यस्तै, युरोपियन युरो एकको खरिद दर १७७ रुपैयाँ ३० पैसा र बिक्री दर १७७ रुपैयाँ ९९ पैसा तोकिएको छ भने युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर २०६ रुपैयाँ ८८ पैसा र बिक्री दर २०७ रुपैयाँ ६९ पैसा रहेको छ।
स्वीस फ्र्याङ्कको खरिद दर १८९ रुपैयाँ ४० पैसा र बिक्री दर १९० रुपैयाँ १५ पैसा कायम हुँदा अष्ट्रेलियन डलरको खरिद दर १०९ रुपैयाँ ६२ पैसा र बिक्री दर ११० रुपैयाँ ०५ पैसा तोकिएको छ। क्यानेडियन डलरको खरिद दर १०९ रुपैयाँ ९० पैसा र बिक्री दर ११० रुपैयाँ ३४ पैसा रहेको छ भने सिङ्गापुर डलरको खरिद दर ११९ रुपैयाँ ८४ पैसा र बिक्री दर १२० रुपैयाँ ३१ पैसा तोकिएको छ।
जापानी येन १० को खरिद दर ९ रुपैयाँ ५४ पैसा र बिक्री दर ९ रुपैयाँ ५८ पैसा हुँदा चिनियाँ युआन एकको खरिद दर २२ रुपैयाँ ६६ पैसा र बिक्री दर २२ रुपैयाँ ७५ पैसा कायम भएको छ।
खाडी मुलुकहरूतर्फ साउदी अरेबियन रियालको खरिद दर ४० रुपैयाँ ५७ पैसा र बिक्री दर ४० रुपैयाँ ७३ पैसा, कतारी रियालको खरिद दर ४१ रुपैयाँ ७८ पैसा र बिक्री दर ४१ रुपैयाँ ९५ पैसा तथा युएई दिरामको खरिद दर ४१ रुपैयाँ ४७ पैसा र बिक्री दर ४१ रुपैयाँ ६३ पैसा तोकिएको छ। यस्तै, मलेसियन रिङ्गेटको खरिद दर ३७ रुपैयाँ ८३ पैसा र बिक्री दर ३७ रुपैयाँ ९८ पैसा रहेको छ।
अन्य मुद्राहरूमा साउथ कोरियन वन १०० को खरिद दर ११ रुपैयाँ १० पैसा र बिक्री दर ११ रुपैयाँ १४ पैसा, स्वीडिस क्रोनरको खरिद दर १५ रुपैयाँ ९९ पैसा र बिक्री दर १६ रुपैयाँ ०५ पैसा, डेनिस क्रोनरको खरिद दर २३ रुपैयाँ ७२ पैसा र बिक्री दर २३ रुपैयाँ ८१ पैसा तथा हङकङ डलरको खरिद दर १९ रुपैयाँ ४३ पैसा र बिक्री दर १९ रुपैयाँ ५० पैसा तोकिएको छ।
उच्च मूल्य रहेको कुवेती दिनारको खरिद दर ४९६ रुपैयाँ ३७ पैसा र बिक्री दर ४९८ रुपैयाँ ३२ पैसा, बहराइन दिनारको खरिद दर ४०४ रुपैयाँ र बिक्री दर ४०५ रुपैयाँ ५९ पैसा तथा ओमानी रियालको खरिद दर ३९५ रुपैयाँ ६३ पैसा र बिक्री दर ३९७ रुपैयाँ १८ पैसा कायम भएको छ। भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
केन्द्रीय बैंकका अनुसार यो विनिमय दर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन हुनसक्नेछ भने वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर केही फरक हुनसक्नेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment