विपदमा मूल्य बढाउनेलाई कडा कारबाही गर्न निर्देशन, १६ अनुगमन टोली गठन
काठमाडौं। उद्योगमन्त्री गौरीकुमारी यादवले विपद् र चाडपर्वको मौका छोपेर मनलाग्दी मूल्य बढाउने, कालोबजारी गर्ने तथा उपभोक्ता ठगी गर्ने व्यवसायीमाथि कडा कारबाही गर्न निर्देशन दिएकी छन्।
सोमबार मन्त्रालयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका कर्मचारीसँगको छलफलमा मन्त्री यादवले ठूला गोदाममा समेत पुगेर प्रभावकारी बजार अनुगमन गर्न निर्देशन दिएकी हुन्।
मन्त्रालयले बजार अनुगमनका लागि पहिलोपटक १६ वटा टोली गठन गरेको छ। ती टोलीले दैनिक बजार अनुगमन गरी प्रतिवेदन बुझाउनेछन्। दोषी जोसुकै भए पनि कुनै दबाब वा पहुँचका आधारमा उन्मुक्ति नदिन मन्त्री यादवले निर्देशन दिएकी छन्।
विभागले ती टोलीमार्फत बजार मूल्य, वस्तुको उपलब्धता, गुणस्तर तथा उपभोक्ता अधिकारको अवस्थाबारे निरन्तर निगरानी गर्ने जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment