बाढी प्रभावितलाई औषधि आयातकर्ता संघद्वारा तीन करोड वराबरको सामग्री हस्तान्तरण

डिसी नेपाल
१५ भदौ २०८३ १९:०५

काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि नेपाल औषधि आयातकर्ता संघले अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्री सहयोग गरेको छ।

कोलेरा भ्याक्सिन, टिटानास भ्याक्सिन, एन्टिरेविज भ्याक्सिन, प्यारासिटामोल इन्जेक्सनलगायत करिब तीन करोड रुपैंयाँ बराबरको औषधि लगायतका स्वास्थ्य सामग्री गरिएको संघका अध्यक्ष पवन आचार्यले जानकारी दिए।

अध्यक्ष आचार्यको अगुवाईमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय पुगेको टोलीले मन्त्री निशा मेहतालाई सामग्री हस्तान्तरण गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *