काफलडाँडामा पहिरोले रुख ढाल्दा सडक अवरुद्ध

डिसी नेपाल
१६ भदौ २०८३ ८:४०

नुवाकोट । नुवाकोटको काफलडाँडामा पहिरोसँगै रुख ढलेपछि सडक अवरुद्ध भएको छ। पहिरो खस्दा सडकमा रुख ढलेर आवागमन प्रभावित भएको हो।

बर्खायाममा लगातार वर्षा भइरहेकाले काफलडाँडासहित जिल्लाका विभिन्न स्थानमा पहिरो र सडक भासिने जोखिम बढेको छ। यसका कारण सडकमार्गबाट हुने यातायात प्रभावित हुँदै आएको छ।

सडक अवरुद्ध भएपछि यात्रु तथा सवारीसाधन आवतजावतमा समस्या भएको छ। अवरुद्ध सडक खुलाउन आवश्यक पहल भइरहेको जनाइएको छ।

वर्षाका कारण जुनसुकै बेला पहिरो खस्न सक्ने भएकाले जोखिमयुक्त सडकखण्डमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *