भोटेकोशी बाढी विपद्बारे छलफल गर्न भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइयो

डिसी नेपाल
१६ भदौ २०८३ १३:४९

काठमाडौँ। सभामुख डिपी अर्यालले भोलि (बुधबार) दिउँसो १:०० बजे बस्ने गरी प्रतिनिधिसभाको बैठक आह्वान गरेका छन्र्नु ।

आज (मंगलबार) बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकको निर्णय बमोजिम सभामुखले बैठकको मिति र समय तय गरेका हुन् । संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले भोलि दिउँसो १:०० बजे बैठक बस्ने सम्बन्धी आधिकारिक सूचना जारी गरिसकेका छन्।

भोलि बस्ने संसद् बैठकमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले निम्त्याएको संकट, क्षति, खोज तथा उद्धार एवम् राहत प्रतिकार्यका विषयमा विशेष प्रस्ताव पेस गरिने भएको छ।

उक्त प्रस्तावमाथि संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरूले दलीय आधारमा आफ्नो धारणा र सुझावहरू राख्ने तय भएको छ।

विपद्को यस विषम स्थितिमा सरकारले गरिरहेका कार्यहरूको समीक्षा तथा आगामी रणनीतिका सम्बन्धमा संसद्मा गहन छलफल हुने अपेक्षा गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *