टिमुरे र स्याफ्रुबेँसीमा शव व्यवस्थापन चुनौतीपूर्ण: दुर्गन्धका कारण निजी हेलिकप्टरले बोक्न मानेनन्, विशेष ‘बकेट’ मगाउने तयारी
रसुवा। भोटेकोशी बाढीपछि रसुवाको टिमुरे र स्याफ्रुबेँसी क्षेत्रमा थुप्रिएका शवहरूको व्यवस्थापन अत्यन्त चुनौतीपूर्ण बनेको छ। बाढी आएको धेरै दिन बितिसक्दा शवहरू गन्हाउन थालेपछि निजी हेलिकप्टर कम्पनीहरूले खाली हेलिकप्टरभित्र सिधै शव राखेर ओसार्न आनाकानी गरेका छन्।
टिमुरे–स्याफ्रुबेँसी क्षेत्रमा रहेका शवहरू अत्यधिक दुर्गन्धित भएका कारण निजी हेलिकप्टर कम्पनीहरूले त्यसरी शव ओसार्न नसकिने स्पष्ट पारेपछि वैकल्पिक उपाय खोज्न थालिएको छ।
हेलिकप्टरभित्रै दुर्गन्ध फैलिन नदिन र शवलाई सुरक्षित रूपमा राखेर ओसारपसार गर्नका लागि विशेष ‘बकेट’ मगाउने तयारी गरिएको छ। उक्त बकेट प्रयोग गरी शवहरूलाई अन्यत्र स्थानान्तरण गरिनेछ।
बाढीपछि रसुवा, नुवाकोट लगायतका प्रभावित क्षेत्रहरूमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा निजी क्षेत्रका हेलिकप्टरहरू प्रयोग गरी खोज, उद्धार तथा राहत कार्य भने निरन्तर जारी राखिएको छ।
स्थानीय प्रशासनले दुर्गन्धका कारण महामारी फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै शवहरूको शीघ्र र सुरक्षित व्यवस्थापनका लागि पहल भइरहेको जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment