इराक पठाइदिन्छु भन्दै १० लाख ठगी गर्ने महिला पक्राउ
काठमाडौं। वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाउँदै इराक पठाइदिन्छु भनेर रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका–४ बस्ने, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ घर भएकी ५५ वर्षीया सञ्चमाया तामाङ रहेकी छन्।
तामाङले इराक पठाइदिने भन्दै तीन जना पीडितबाट १० लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनलाई बुढानीलकण्ठ नगरपालिका–४ बाट बिहीबार पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment