घुस लिएको आरोपमा कागेश्वरी मनोहराका इन्जिनियरसहित दुई जना पक्राउ
काठमाडौं। कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसहित दुई जना घुस रकमसहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर कार्कीले संरचनाको विश्लेषणसम्बन्धी काम स्वीकृत गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरी परेको थियो।
उजुरीका आधारमा खटिएको अख्तियारको टोलीले कार्की र घुस रकम लिने मध्यस्थको भूमिकामा रहेकी आस्मा कार्कीलाई ६४ हजार रुपैयाँसहित सोमबार कागेश्वरी मनोहरा नगरपालिका कार्यालय, थली डाँछीबाट नियन्त्रणमा लिएको बताएको छ।
उनीहरूमाथि घुससम्बन्धी मुद्दामा विशेष अदालतको आदेशबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment