वैज्ञानिक प्रक्रिया पूरा गरी शव व्यवस्थापन, यसरी गर्न सकिन्छ डिएनए परीक्षण
काठमाडौं। सरकारले बाढीका कारण ज्यान गुमाएका र पहिचान हुन नसकेकाहरूको शव कानून बमोजिम वैज्ञानिक प्रक्रिया पूरा गरी व्यवस्थापन गरिरहेको जनाएको छ।
‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम व्यवस्थापन जारी छ। हालसम्म रसुवामा ६, काठमाडौँमा ४७, चितवनमा २९२, धादिङमा २५, गोरखामा ३९, तनहुँमा १५, नवलपरासीपूर्वमा १७४ र नवलपरासीपश्चिममा ६९ वटा शव व्यवस्थापन भइसकेको छ। पहिचान हुननसकेका शव जमिनमुनी व्यवस्थापन भइरहेको छ।
पहिचान गर्न नसकिने अवस्थामा भेटिएका शवलाई मात्रै डिएनएलगायत अन्य पहिचानलाई सहयोग गर्ने आधारहरू सुरक्षित राखी व्यवस्थापन भइरहेको छ। हालसम्म एक हजार ५० जनाको शव फेला परेको छ। पहिचान गर्न नसकिने अवस्थामा भेटिएका शवलाई मात्रै डिएनएलगायत अन्य पहिचानलाई सहयोग गर्ने आधारहरू सुरक्षित राखी व्यवस्थापन भइरहेको सरकारको भनाइ छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको सहयोगमा यी शव व्यवस्थापन भइरहेको छ।
यसरी गर्न सकिन्छ डिएनए परीक्षण
नेपाल प्रहरीले प्रकाशित गरेको सूचनाअनुसार बाढीका कारण मृत्यु भइ शव फेला परेका शवहरूको शकमा नेपाली तथा विदेशी नागरिकहरूले डिएनए परीक्षणमार्फत शव तथा शरीरका कुनै अङ्ग वा भाग यकिन गर्न अनुरोध गर्न सक्छन्।
प्रहरी निरीक्षक शम्भुबहादुर केसीका अनुसार डिएनए परीक्षणका लागि सबैभन्दा नजिकको रगतको नाता बुबा, आमा, छोरा वा छोरीमध्ये कोही एक जनाको रगतको नमूना सङ्कलनका लागि २ प्रति पासपोर्ट साइजको फोटोसहित नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, प्याथोलोजी ल्याब, काठमाडौं वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्नुपर्ने हुन्छ।
उनका अनुसार विदेशमा रहेका व्यक्तिको हकमा, बाबु, आमा, छोरा र छोरीमध्ये कोही १ जनाको विदेशमा नै डिएनए परीक्षण गरी तुलनाका लागि सफ्ट कपी नेपाल प्रहरीको आधिकारिक इमेलः [email protected] मा पठाउने व्यवस्था छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment