सडक भासिएपछि नागढुङ्गा सुरुङमार्ग खुला गरियो

डिसी नेपाल
१७ भदौ २०८३ ११:४७

काठमाडौँ। नागढुङ्गा नजिकै पातले वनमा सडक भासिएर आवागमन प्रभावित भएपछि काठमाडौँबाट मुग्लिनतर्फ बाहिरिने सवारी साधनका लागि नागढुङ्गा सुरुङमार्ग प्रयोगमा ल्याइएको छ।

पेट्रोलियम पदार्थ बोकेका सवारी साधन र दुई पाङ्ग्रे (मोटरसाइकल) बाहेक अन्य सबै सवारी साधनहरूलाई सुरुङमार्ग भएर जान खुला गरिएको सडक विभागले जनाएको छ।

पेट्रोलियम पदार्थ बोकेका बुलेट तथा ट्याङ्कर र दुई पाङ्ग्रे सवारी साधनहरूलाई भने पातले वनस्थित भासिएको सडकबाटै एकतर्फी आवतजावतको व्यवस्था मिलाइएको छ।

सडक विभागका अनुसार सडक भासिएको स्थानमा प्राविधिक अध्ययन सकिएपछि मात्रै मर्मतको काम सुरु गरिनेछ।

प्राविधिक अध्ययन र मर्मतको कार्य सकिएपछि मात्रै उक्त सडक खण्डलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने विषयमा छलफल भइरहेको विभागले जानकारी दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *