काठमाडौं उपत्यकामा २४ घण्टामा ५२३ चालक कारबाहीमा: मापसे गर्ने ६३ जना पक्राउ
काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ५२३ जना सवारीसाधनका चालकहरूलाई ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा कारबाही गरेको छ। उपत्यकाका विभिन्न स्थानमा प्रहरीले सञ्चालन गरेको कडा चेकिङका क्रममा उनीहरू कारबाहीमा परेका हुन्।
कारबाहीमा पर्नेहरूमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ६३ जना, सिसिटिभीमार्फत निगरानीमा परेका ५४ जना र रातोबत्ती उल्लंघन गर्ने ३० जना चालक रहेका छन्।
यसैगरी, तीव्र गतिमा सवारी हाँक्ने ३९, लेन अनुशासन उल्लंघन गर्ने २५, हर्न निषेध क्षेत्रमा हर्न बजाउने छ, एकतर्फी (वन-वे) मार्गमा सवारी चलाउने छ र अवस्था ठिक नभएको सवारी चलाउने एक जना चालकलाई कारबाही गरिएको छ। अन्य विविध ट्राफिक नियम उल्लंघन गर्ने २९९ जना चालकलाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment