यात्रामा निस्कँदै हुनुहुन्छ? हेर्नुहोस् कुन-कुन राजमार्ग अवरुद्ध छन्

डिसी नेपाल
१८ भदौ २०८३ ७:२७

काठमाडौं। अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्।

नेपाल प्रहरीले आज (बिहीबार) बिहान ६:३५ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई सजग रहन र सम्भव भएसम्म वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ।

काठमाडौं-धादिङ जोड्ने चन्द्रागिरी नगरपालिका-२ स्थित चिसापानीमा पहिरोका कारण अवरुद्ध बनेको सडक खण्ड अहिले भने एकतर्फी सुचारु भएको छ।

यसैगरी, वीपी राजमार्गको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ। उक्त सडक खण्डमा बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म परिस्थितिको मूल्यांकन गरेर मात्र सवारीसाधन सञ्चालन गर्न दिइने प्रहरीले जनाएको छ।

रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेमा बाढी आएका कारण त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध रहेको छ।

यस्तै, नुवाकोट जोड्ने टोखा-छहरे सडक खण्ड अन्तर्गत शिवपुरी गाउँपालिका-८ घट्टेखोलामा पनि रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ। सुरक्षालाई ध्यानमा राख्दै राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको ट्राफिक प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *