बाढीपीडित स्वयंसेवीको उदाहरणीय पहल: आफ्नै पीडा बिर्सेर ३०० परिवारलाई खाद्यान्न राहत

डिसी नेपाल
१८ भदौ २०८३ १२:१२

काठमाडाैं। आफ्नो घर, नगद तथा सम्पूर्ण जिन्सी सामान बाढीको भेलले बगाएको गहिरो पीडालाई थाँती राख्दै अरूको सेवामा समर्पित एक स्वयंसेवीको अग्रसरतामा राहत वितरण गरिएको छ।

हेल्प नेपाल नेटवर्ककी स्वयंसेवी पवित्रा पुडासैनीको संयोजनमा भदाै १७ गते नुवाकोटका बाढीप्रभावित ३०० परिवारलाई दोस्रो चरणको खाद्यान्न सहयोग उपलब्ध गराइएको हो।

स्थानीय निकायसँगको प्रत्यक्ष समन्वयमा नुवाकोटको विदुर नगरपालिका–७, तुप्चे र बेलकोटगढी नगरपालिका–७, मादेभफाँटका प्रभावित परिवारहरूलाई उक्त राहत सामग्री वितरण गरिएको थियो।

अत्यन्तै जोखिमपूर्ण र कष्टकर यात्रा पार गर्दै प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउन खटिएकी स्वयंसेवी पवित्रा पुडासैनीसहित सम्पूर्ण स्वयंसेवक तथा सहयोगी महानुभावहरूप्रति स्थानीयले उच्च सम्मान व्यक्त गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *