सरकारले जेनजी शहीदको सम्झनामा भदौ २३ गते सार्वजनिक बिदा दिने

डिसी नेपाल
१८ भदौ २०८३ १६:४७

काठमाडौं । सरकारले आगामी भदौ २३ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ‘जेनजी शहीद’ हरूको सम्झनामा उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

मन्त्रिपरिषद् बैठकका निर्णयहरूबारे जानकारी गराउँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले अघिल्लो वर्ष भदौ २३ र २४ गते भएको घटनाको स्मरण गर्दै जेनजी शहीद दिवसका अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *