भैँसेमा कार दुर्घटना हुँदा दुई जना घाइते
काठमाडौं । मकवानपुरको भैँसेस्थित सडकमा ईभी कार दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
हेटौँडाबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०३२ च १०६२ नम्बरको डायुन मोडलको ईभी कार भैँसेस्थित तृकण्डेश्वर महादेव मन्दिरनजिक दुर्घटना भएको हो।
दुर्घटनामा परी चालक जितेन्द्रकुमार साह र कारमा सवार रिन्ता माया भुजेल घाइते भएको प्रहरीले जनाएको छ। भैँसे प्रहरी चेक पोस्टका असई गगनदेव भगतले सडकमा गाडी आफैँ दुर्घटना भएको बताए। ‘बाटो ठीकै छ, दुर्घटना हुने बाटो त छैन। कसरी दुर्घटना भयो बुझ्दै छौँ,’ उनले भने।
यता गाडीका मालिका राजेश महतोले भने आफैँ स्टेरिङ लक भएर दुर्घटना भएको दाबी गरेका छन्। प्रहरीले दुर्घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment