बाढीपछि चीनमा फसेका ११४ नेपालीलाई तातोपानी नाकाबाट ल्याइयो

डिसी नेपाल
१८ भदौ २०८३ १९:५४

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीका कारण चीनको तिब्बतमा रहेका ११४ नेपाली नागरिकलाई चीन सरकारले सकुशल उद्धार गरी नेपाल प्रवेश गराएको छ।

काम विशेषले तिब्बत पुगेका उनीहरूमा एक नाबालकसमेत रहेका छन्। चीन सरकारले उद्धार गरेका उनीहरूलाई सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै नेपाल ल्याइएको हो।

बाढीका कारण सीमावर्ती क्षेत्रमा आवतजावत प्रभावित भएपछि चीनमा रहेका नेपालीको उद्धार गरी सुरक्षित रूपमा नेपाल फर्काइएको जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *