भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २९० पुग्यो, अझै ४ हजार ७९८ जना बेपत्ता
काठमाडौँ। भोटेकोशी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९० पुगेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढी तथा त्यसबाट सिर्जित विपद्मा परी ठूलो जनधनको क्षति भएको हो।
प्रहरीका अनुसार अहिलेसम्म ३४ जना बालक, ४५ जना बालिका, २५० जना महिला र ४२७ जना पुरुषको शव फेला परेको छ। त्यस्तै, ५३२ जनाको आंशिक अंग फेला परेको प्रहरीले जनाएको छ।
यसैगरी अस्पतालमा उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको छ। विभिन्न स्थानबाट फेला परेका शव तथा आंशिक अंगको पहिचान गर्ने प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ।
मृतकको पहिचानका लागि प्रहरीले डीएनए परीक्षणलाई तीव्रता दिएको छ। अहिलेसम्म १ हजार १४३ जना मृतक तथा ७१९ जना आफन्तको डीएनए नमुना संकलन गरिएको प्रहरीले जनाएको छ।
भोटेकोशी बाढीपछि ठूलो संख्यामा मानिसहरू अझै सम्पर्कविहीन छन्। प्रहरीका अनुसार स्वदेशी तथा विदेशी गरी ४ हजार ७९८ जना अझै बेपत्ता रहेका छन्।
बेपत्ताको खोजी तथा उद्धार कार्य विभिन्न प्रभावित क्षेत्रमा जारी रहेको छ। शव तथा आंशिक अंग फेला पर्ने क्रमसँगै पहिचान र डीएनए परीक्षणको कामलाई पनि अघि बढाइएको प्रहरीले जनाएको छ।
बाढीका कारण प्रभावित क्षेत्रमा सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको छ। विपद्पछि बेपत्ता नागरिकको खोजी, शव पहिचान तथा प्रभावित परिवारलाई राहत उपलब्ध गराउने कार्य चुनौतीपूर्ण बनेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment