सुरुङबाट उद्धार गरिएका साहले भने-अझै ३-४ जना जीवितै हुनुहुन्छ, सबै सुरक्षित हुनुहुन्छ

डिसी नेपाल
१९ भदौ २०८३ १०:०८

काठमाडौं। माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमार्गबाट जीवितै उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहले सुरुङभित्र अरू मानिसहरू पनि सकुशल रहेको बताएका छन्।

उद्धारपश्चात् प्रतिक्रिया दिँदै साहले सुरुङभित्र अझै ३ देखि ४ जना मानिसहरू सुरक्षित अवस्थामा रहेको जानकारी दिएका हुन्। नेपाल विद्युत् प्राधिकरणका अनुसार सुरुङभित्र रहेका सबै जना सुरक्षित छन् र उनीहरूको उद्धारका लागि प्रयास जारी राखिएको छ।

आयोजनाको सुरुङभित्र बाढी र पहिरोपछि फसेकाहरूमध्ये हालसम्म साहका साथै मेकानिकल सुपरभाइजर कवीर महर्जन गरी २ जनाको सफलताका साथ उद्धार गरिसकिएको छ।

बाँकी फसेका कर्मचारी तथा प्राविधिकहरूको पनि छिट्टै उद्धार गर्ने गरी टोलीले कार्य तीव्र बनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *