पहिरोले कर्णाली राजमार्ग ठप्प : सतर्कता अपनाएर यात्रा गर्न प्रहरीको आग्रह

डिसी नेपाल
२० भदौ २०८३ २१:३१

सुर्खेत । लगातारको अविरल वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गत कालिकोटको गगने खोलामा ठूलो पहिरो खस्दा सुर्खेत–जुम्ला सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार शनिबार साँझ ६:३० बजे लेदोसहितको पहिरो खसेपछि राजमार्गमा यातायात सेवा ठप्प भएको हो।

प्रतिकूल मौसम र रातिको समय भएकाले तत्काल पहिरो पन्छाउने काम कठिन भएको प्रहरीले जनाएको छ। आइतबार बिहानैदेखि उपकरण प्रयोग गरी पहिरो पन्छाउने र सडक सुचारु गर्ने तयारी गरिएको छ।

सडक अवरुद्ध भएकाले यात्रुहरूलाई राजमार्गको पछिल्लो अवस्थाबारे पूर्ण जानकारी लिएर मात्रै यात्रा तय गर्न जिल्ला प्रहरी कार्यालय कालिकोटले आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *