गृहमन्त्री सुधन गुरुङले सैनिक अस्पतालमा गराए स्वास्थ्य चेकजाँच*

डिसी नेपाल
२१ भदौ २०८३ १४:४१

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले सैनिक अस्पताल छाउनीमा स्वास्थ्य चेकजाँच गराएका छन् । गुरुङले सैनिक अस्पतालमा उद्धार गरिएका घाइतेलाई भेट्न जाने क्रममा आफ्नो पनि चेकजाँच गराएका हुन् । स्रोतका अनुसार उनलाई केही दिनदेखि रुघाखोकी लागेको र खुट्टामा समस्या देखिएको थियो ।

गत भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीपछि गृहमन्त्री गुरुङ लगातार करिब १० दिनसम्म प्रभावित क्षेत्रमै खटिएर उद्धार, राहत तथा विपद् व्यवस्थापनको प्रत्यक्ष नेतृत्व गर्दै आएका थिए ।

उनी जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका श्रमिकहरूको उद्धारदेखि प्रभावित क्षेत्रको निरन्तर अनुगमनमा आफैँ खटिएका थिए । भदौ १९ गते त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई जना नेपाली कामदारको सकुशल उद्धार गरिँदा पनि गृहमन्त्री गुरुङ आफैँ घटनास्थलमा थिए ।

*यसअघि गृहमन्त्री अस्पताल भर्ना भएको भनिएकोमा उनी चेकजाँचपछि फर्किएको पुष्टी भएकोले सच्याइएको छ – सम्पादक


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *