पाकिस्तानले नेपालमा बाढी प्रभावितको सहयोगमा पठायो १०० टन राहत सामाग्री

डिसी नेपाल
२१ भदौ २०८३ १९:३७

काठमाडौं। नेपालमा आएको विनाशकारी बाढीपहिरोपछि पाकिस्तानले नेपालका प्रभावित नागरिकका लागि १०० टन मानवीय सहायता पठाएको छ।

पाकिस्तानका विदेशमन्त्री इशाक डारले विपद्बाट प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै पाकिस्तान नेपालसँग ऐक्यबद्ध रहेको बताएका छन्।

पाकिस्तानले पठाएको राहत सामग्रीमा पाल, कम्बल, चटाई, सरसफाइ सामग्री र औषधि रहेका छन्। डारले कठिन परिस्थितिमा नेपाललाई आवश्यक सबै सहयोग गर्न पाकिस्तान तयार रहेको बताएका छन्।

भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट अहिलेसम्म १ हजार ३४२ जनाको मृत्यु भएको छ भने करिब ४ हजार ९९६ जना अझै बेपत्ता छन्। बाढीका कारण घर, सडक तथा जलविद्युत् आयोजनासहित ठूलो भौतिक क्षति भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *