हेल्प नेपाल नेटवर्कलाई मनोहर विक्रम कुँवरको परिवारद्वारा साढे दुई लाख राहत सहयोग

डिसी नेपाल
२२ भदौ २०८३ १०:१५

काठमाडौं।। विपद्को यो कठिन समयमा सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने सन्देश दिँदै मनोहर विक्रम कुँवरले ‘हेल्प नेपाल नेटवर्क’लाई २ लाख ५० हजार हस्तान्तरण गरेका छन्।

कुँवर स्वयं संस्थाको कार्यालय पुगेर आफ्नो परिवारको तर्फबाट हेल्प नेपाल नेटवर्कका अध्यक्ष अरुण सिंह बस्नेतलाई उक्त राहत रकमको चेक हस्तान्तरण गरेका हुन्। सामाजिक सञ्जालमा आलोचना वा खिसिट्युरी गर्नुको साटो विश्वासिलो माध्यममार्फत राहत कार्यमा जोडिन आह्वान गर्दै यो सहयोग हस्तान्तरण गरिएको हो।

‘नेपालका लागि नेपालीले गरौं’ भन्ने उद्देश्यका साथ स्थापित हेल्प नेपाल नेटवर्कले विश्वभरका नेपालीहरूलाई जोडेर सयौँ परोपकारी तथा उद्धारका कामहरू सञ्चालन गर्दै आएको छ।

संस्थाले सञ्चालन गरिएका राहत कार्य र गतिविधिबारे विस्तृत जानकारी आफ्ना आधिकारिक वेबसाइट तथा फेसबुक पेजमार्फत निरन्तर सार्वजनिक गर्दै आएको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *