युएईमा रहेका नेपालीद्वारा बाढीपीडितका लागि आर्थिक सहयोग

डिसी नेपाल
२३ भदौ २०८३ १२:३५

नुवाकोट। नेपालमा आएको भीषण बाढी र पहिरोपीडितको उद्धार तथा राहतका लागि संयुक्त अरब इमिरेट्स (युएई) मा कार्यरत नेपालीहरूले आर्थिक सहयोग पठाएका छन्

युएईमा सक्रिय सामाजिक संस्था ‘नेपाली फिटनेश टिम’ ले वैदेशिक रोजगारीको सिलसिलामा त्यहाँ रहेका नेपालीहरूबाट रकम संकलन गरी नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा ७७ हजार १ सय ११ रुपैयाँ जम्मा गरेको हो

विदेशी भूमिमा रहेर पनि मातृभूमिको विपत्तिमा ऐक्यबद्धता जनाउँदै संकलित यो रकमले पीडितको घाउमा सानो भए पनि मलम लगाउने संस्थाले विश्वास लिएको छ

बाढीपहिरोले देशका विभिन्न भागमा ठूलो जनधनको क्षति पुर्‍याएपछि खाडी मुलुकमा रहेका नेपालीहरूले विभिन्न माध्यमबाट राहत रकम जुटाउने क्रमलाई निरन्तरता दिइरहेका छन्


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *