चैतन्य एकेडेमीद्वारा रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं । बाढीपहिरोलगायतका प्राकृतिक विपद्मा घाइते भएकाहरूको उपचारका लागि रगतको सम्भावित अभाव हुन नदिन नयाँ बानेश्वरस्थित शंखमूलमा रहेको चैतन्य एकेडेमीले वृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
‘रक्तदान, जीवनदान; मानवसेवाका लागि चैतन्य अभियान’ भन्ने मूल नाराका साथ बिहीबार आयोजित उक्त कार्यक्रममा एकेडेमीमा अध्ययनरत विद्यार्थी, कर्मचारी तथा विभिन्न क्षेत्रका ४० जनाभन्दा बढीले रक्तदान गरेका छन्।
भोटेकोशीमा आएको बाढी लगायत देशका विभिन्न भागमा बाढीपहिरोबाट घाइते भएकाहरूको आकस्मिक उपचारलाई सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको चैतन्य ग्रुपका सीईओ गणेश जोशीले बताएका छन्। साथै, देश र परिवर्तनका लागि प्राण आहुति दिने वीर जेनजी शहीदहरूप्रति सम्मान प्रकट गर्ने उद्देश्यसमेत यस कार्यक्रमको आयोजना गरिएको उनको भनाइ छ।
कार्यक्रममा सहभागी धेरैजसो विद्यार्थीले पहिलोपटक रक्तदान गरेको अनुभव साट्दै जीवन रक्षाका लागि आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए। उनीहरूले अन्य युवाहरूलाई पनि यस्ता मानवीय सेवाका कार्यमा सक्रिय हुन आग्रह गरेका छन्।
स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न परोपकारी काम गर्दै आएको चैतन्य एकेडेमीले आफ्नो केन्द्रीय कार्यालयमा दोस्रोपटक रक्तदान कार्यक्रम आयोजना गरेको हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment