प्रज्ञा-प्रतिष्ठानद्वारा जेनजी लेखकलाई सिर्जनात्मक रचना उपलब्ध गराउन आह्वान

डिसी नेपाल
२३ भदौ २०८३ २०:०७

काठमाडौं। नेपाल प्रज्ञा-प्रतिष्ठानले जेनजी पुस्ताका लेखकलाई सिर्जनात्मक रचना आह्वान गरेको छ। प्रतिष्ठानको आयोजनामा साहित्यप्रति नवपुस्ताको अभिरुचि, सिर्जनशीलता र मौलिक लेखन प्रोत्साहन गर्ने उद्देश्यले ‘जेनजी’ उमेर समूहका लेखकका पुस्तक प्रकाशन गर्न लागिएकाले कथा, कविता र संस्मरण विधामा रचना उपलब्ध गराउन आह्वान गरिएको हो।

सन् १९९७ देखि सन् २०१२ सम्म जन्मिएका (जेनजी उमेर समूहका) नेपाली नागरिकले रचना पठाउनुपर्ने प्रतिष्ठानका सचिव रोशन शेरचनले राससलाई जानकारी दिए। रचना अप्रकाशित, नेपाली भाषामा हुनुपर्ने पनि उनले बताए। उनका अनुसार कथा र संस्मरण अधिकतम् पाँच हजार शब्दसम्मको हुनुपर्नेछ।

एक लेखकले कुनै एक विधामा एउटा मात्रै रचना पठाउनुपर्नेछ। रचना [email protected] मा पठाउन सकिने प्रतिष्ठानले आज जारी गरेको सूचनामा उल्लेख छ। रचना आगामी कात्तिक ३० गतेसम्म पठाइसक्नुपर्ने सचिव शेरचनले जानकारी दिए। उनका अनुसार रचनासँगै लेखकको नाम, जन्ममिति खुल्ने कागजात (नागरिकताको प्रतिलिपि), सम्पर्क नम्बर, हालको ठेगाना र सङ्क्षिप्त परिचय (बढीमा १०० शब्द) अनिवार्य संलग्न गर्नुपर्नेछ।

प्रज्ञा-प्रतिष्ठानको छनोट समितिले छनोट गरेका रचनालाई पुस्तकारका रूपमा प्रकाशन गर्नेछ। छनोट भएका रचनाका लागि नियमानुसार पारिश्रमिकको व्यवस्था पनि गरिएको प्रज्ञा–प्रतिष्ठान जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *