प्रधानमन्त्रीसँग छलफल सकेर निस्किँदै गर्दा सिंहदरबार गेटबाटै गाउँपालिका अध्यक्ष पक्राउ

डिसी नेपाल
२९ भदौ २०८३ १७:२५

काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ परेका छन्।

बाढी प्रभावित क्षेत्रको पुनःस्थापना र पूर्वाधार विकासबारे प्रधानमन्त्री बालेन्द्र शाहसँग सिंहदरबारमा आयोजित छलफलमा सहभागी भई बाहिरिने क्रममा प्रहरीले उनलाई मुख्य गेटबाटै नियन्त्रणमा लिएको हो।

काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार नियन्त्रणमा लिइएका गाउँपालिका अध्यक्ष तामाङलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त दरबारमार्गमा राखिएको छ।

तामाङविरुद्ध अरुण अर्यालले दिएको बैंकिङ कसुरसम्बन्धी जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा उनको संलग्नता देखिएपछि प्रहरीले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ बमोजिम अदालतबाट पक्राउ अनुमति लिएर नियन्त्रणमा लिएको जनाएको छ। उनी एमालेबाट गाउँपालिका अध्यक्ष जितेका व्यक्ति हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *