उदयपुरका वन अधिकृतविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर

डिसी नेपाल
२९ भदौ २०८३ १८:०९

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, उदयपुरका योजना शाखा प्रमुख वन अधिकृत भुवन पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार पौडेलले सामुदायिक वन उपभोक्ता समितिको काठको लगत समर्थन तथा लिलाम सहमति सिफारिस गरिदिने भन्दै सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस मागेका थिए। आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले पौडेललाई सेवाग्राहीबाट उक्त रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानबाट पौडेलले आफ्नो पदीय जिम्मेवारी पूरा गर्नुपर्ने काममा सेवाग्राहीलाई अनावश्यक दुःख दिँदै घुस लिएको पुष्टि भएको आयोगको दाबी छ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम १५ हजार रुपैयाँ बिगो कायम गरी कैद तथा बिगो बराबर जरिवाना मागदाबी गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *