पहिरोमा परी एक युवकको ज्यान गयो

डिसी नेपाल
२९ भदौ २०८३ १८:१७

नुवाकोट। नुवाकोटको ककनी गाउँपालिकामा पहिरोमा परी एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा ककनी गाउँपालिका–२, हिलेभित्ताका ३० वर्षीय कुमार तामाङ रहेका छन्।

आफ्नै खेतमा पानी लगाएर घर फर्कने क्रममा बाटोमा माथिबाट खसेको पहिरोमा परी तामाङ गम्भीर घाइते भएका थिए।

गम्भीर घाइते तामाङको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक (डिएसपी) इकवाल हवारीले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *