किराप संघ काठमाडौं उपत्यकाले पायो नयाँ नेतृत्व, अध्यक्षमा धनबल

डिसी नेपाल
३० भदौ २०८३ १७:१७

काठमाडौं। किरात राई पत्रकार संघ उपत्यका समन्वय समिति काठमाडौँले नयाँ नेतृत्व पाएको छ। किरात राई यायोक्खाको मुख्यालय कोटेश्वमा शनिबार सम्पन्न छैँटौ अधिवेशनले धनबल राईको नेतृत्वमा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

समितिको उपाध्यक्षमा तेज किराती र बबिता राई निर्वाचित भएका छन् भने सचिवको जिम्मेवारी इश्वरी राईले पाएकी छन्।

यस्तै, सहसचिव दीक्षा राई(क) र कोषाध्यक्षको जिम्मेवारी दीक्षा राई(ख) ले पाएकी छिन्। सदस्यमा मिलन राई निर्वाचित भएका छन्।

यसैबीच कार्यक्रममा किरात राई पत्रकार संघका संस्थापक उपाध्यक्ष एवं पहिलो निर्वाचित अध्यक्ष पदम राई सम्मानित भएका छन्। किराप संघ समितिले उनलाई फेटा बाँधिदिएर सम्मान पत्रसहित सम्मान गरेको हो।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा किरात राई पत्रकार संघका अध्यक्ष अवतार राई रहेका थिए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *