स्वास्थ्य बीमाअन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी

डिसी नेपाल
२ असोज २०८३ १७:०१

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत स्वास्थ्य संस्थाले प्रदान गरेको सेवाबापत २०८३ जेठ महिनाको १ अर्ब ४५ करोड ४६ लाख ९१ हजार २२ रुपैयाँ ८६ पैसा भुक्तानी गरिएको छ।

स्वास्थ्य बीमा बोर्डले सार्वजनिक गरेको विवरणअनुसार जेठ महिनामा स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रदान गरेका विभिन्न स्वास्थ्य संस्थाको दाबीबापत उक्त रकम भुक्तानी गरिएको हो।

जेठ महिनाको भुक्तानी विवरणमा देशभरका ३८१ वटा स्वास्थ्य संस्था समावेश छन्। सूचीमा अस्पताल,प्राथमिक स्वास्थ्य केन्द्र,आधारभूत अस्पताललगायत स्वास्थ्य संस्थाहरू रहेका छन्।

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बीमितलाई प्रदान गरिएको स्वास्थ्य सेवाको दाबी प्रक्रिया पूरा गरी स्वास्थ्य संस्थालाई सेवा रकम भुक्तानी गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *