किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ कारागार चलान

डिसी नेपाल
२ असोज २०८३ १७:३२

काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ बैंकिङ कसुर मुद्दामा धरौटी नबुझाएपछि कारागार चलान भएका छन्। काठमाडौं जिल्ला अदालतले माग गरेको २२ लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि उनलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको हो।

१० वटा बैंकिङ कसुरका मुद्दा झेलिरहेका तामाङलाई केही दिनअघि सिंहदरबार अगाडिबाट प्रहरीले पक्राउ गरेको थियो। उनी रसुवाका बाढी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन्द्र शाहले आयोजना गरेको छलफल कार्यक्रममा सहभागी भएर निस्कने क्रममा पक्राउ परेका हुन्।

अदालतले तोकेको धरौटी रकम दाखिला नगरेपछि उनलाई थुनामा राख्न कारागार चलान गरिएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *