अर्थमन्त्री डा. वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने दिल्ली भ्रमण सम्पन्न गरी आज काठमाडौँ फर्किएका छन्।
दिल्लीस्थित विमानस्थलमा उनलाई भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महाव र भारतका लागि नेपालका कार्यवाहक राजदूत डा. सुरेन्द्र थापाले बिदाइ गरेका थिए।
भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले भारतीय विदेशमन्त्री डा. एस जयशंकर र वित्तमन्त्री निर्मला सितारमणसँग भेटवार्ता गर्दै नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी हितका क्षेत्रमा आर्थिक सहकार्य अघि बढाउने विषयमा उच्चस्तरीय द्विपक्षीय, आर्थिक तथा नीतिगत छलफल गरेका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment