गुगलको जेमिनी एआइले अरू ३ कम्पनीलाई ह्याक गरिदियो

डिसी नेपाल
३ असोज २०८३ २१:३८

काठमाडौं । गुगलको एआई मोडेल ‘जेमिनी’ ले आफ्नो साइबर-सुरक्षा क्षमता परीक्षणका क्रममा तीन वटा कम्पनीहरूलाई ह्याक गरिदिएको र यो यस प्रकारको पहिलो ज्ञात घटना मानिएको विज्ञहरूको भनाइ छ।

गुगलका एक अधिकारीले बीबीसीलाई जानकारी दिँदै जेमिनीले अनलाइनमा उपलब्ध सार्वजनिक जानकारीको प्रयोग गरेको र आफूले परीक्षणको हिस्सा ठानेका वेबसाइटहरूमा पहुँच पुर्‍याउन क्रेडिसियल्स (पासवर्ड आदि) को अनुमान लगाएको उनको भनाइ छ।

ह्याक भएका कम्पनीहरूलाई यसबारे जानकारी गराइसकिएको बताइएको छ। यो घटना एआई विकासको तीव्र गतिलाई लिएर सर्वसाधारणमा बढ्दै गएको चिन्ताबीच घटेको उनीहरूको ठहर छ। यसले मानवताका लागि सम्भावित खतरा निम्त्याउन सक्ने भन्दै केही टेक कम्पनीहरूले यसको विकासको गति सुस्त बनाउन माग गरिरहेको भए तापनि सबै कम्पनीहरू यस कुरामा सहमत नरहेको बताइएको छ।

गुगलमा सेक्युरिटी इन्जिनियरिङकी उपाध्यक्ष हिदर एडकिन्सले बीबीसीलाई दिएको बयानमा आफूहरूले तीनवटै संस्थालाई यसबारे जानकारी गराएको र ट्रेनिङ पार्टनरसँग मिलेर उनीहरूले आफ्नो परीक्षण प्रक्रियामा गरेका परिवर्तनहरूमा काम गरेको उनको भनाइ छ। उनले अगाडि भन्दै यी घटनाहरूले शक्तिशाली एआई मोडेलहरूलाई जिम्मेवारीपूर्वक काम गर्नका लागि तालिम दिनु कति महत्त्वपूर्ण छ भन्ने कुरा देखाउने उनको दाबी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *