होर्मुज जलडमरूमध्यमा तेलवाहक जहाजमाथि इरानको आक्रमण, मध्यपूर्वका समुद्री व्यापारिक मार्ग प्रभावित

डिसी नेपाल
३ असोज २०८३ १७:३८

तेहरान। मध्यपूर्वमा बढ्दो तनावका बीच इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झन्डावाहक एक तेलवाहक जहाजमाथि आक्रमण गरेको दाबी गरेको छ। इरानी अधिकारीहरूका अनुसार अनुमति नलिई जलडमरूमध्य पार गर्न खोजेपछि उक्त जहाजमाथि कारबाही गरिएको हो।

यद्यपि, इरानको यो दाबीको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन। इरानले बिनाअनुमति जलडमरूमध्य पार गर्ने प्रयास गर्ने अन्य जहाजहरूमाथि पनि यस्तै कारबाही दोहोर्‍याउने चेतावनी दिएको छ।

यसैबीच, सोही क्षेत्रमा अर्को तेलवाहक जहाजमाथि पनि अज्ञात वस्तुबाट आक्रमण भएको जनाइएको छ। उक्त आक्रमणबाट जहाजमा क्षति पुगे/नपुगेको स्पष्ट नभए पनि चालकदलका सबै सदस्यहरू सुरक्षित रहेको बताइएको छ।

उता यमनमा हुथी समूहको निरन्तरको गतिविधिका कारण बाब अल-मन्देब जलडमरूमध्यमा पनि व्यापारिक जहाजहरूको आवागमन उल्लेख्य रूपमा घटेको छ। मध्यपूर्वमा जारी द्वन्द्व र तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्गहरू असुरक्षित बन्दै गएपछि अन्तर्राष्ट्रिय व्यापार र आपूर्ति शृङ्खला प्रभावित हुने जोखिम बढेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *