एमाले सचिवालय बैठक जारी: पुनर्गठन कार्यदलको साझा प्रतिवेदनमाथि छलफल हुँदै

डिसी नेपाल
५ असोज २०८३ १०:३०

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा जारी छ। आइतबार सुरु भएर स्थगित भएको बैठकको निरन्तरताका रूपमा सोमबार बिहानबाट पुन: बैठक बसेको हो।

यसअघि आइतबार अपराह्न बसेको बैठकमा पार्टीको ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’का संयोजक एवं उपाध्यक्ष रामबहादुर थापा (बादल) ले साझा प्रतिवेदन पेस गरेका थिए।

कार्यदलभित्र महासचिव शंकर पोखरेल, उपाध्यक्ष बादल तथा अन्य नेताहरूबीच प्रतिवेदनको विषयवस्तु र नेतृत्व हस्तान्तरणका सवालमा विवाद उत्पन्न भएपछि शीर्ष नेताहरूको पहलमा एकीकृत साझा दस्तावेज तयार पारिएको हो।

आजको बैठकमा उपाध्यक्ष बादलद्वारा प्रस्तुत उक्त प्रतिवेदनमाथि सचिवालय सदस्यहरूले विस्तृत छलफल गर्दैछन्। सचिवालय बैठकले प्रतिवेदनलाई अन्तिम रूप दिई स्वीकृत गरेपछि यसलाई भोलिदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकमा छलफल र निर्णयका लागि पेस गर्ने एमालेको तयारी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *