चुनौती र घेराबन्दीबाट माथि उठ्छौं : एमाले अध्यक्ष ओली

डिसी नेपाल
१६ असोज २०८३ १७:४२

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध र बलियो बनाएर लैजाँदा वर्तमान राजनीतिक धक्का र चुनौतीहरूबाट सहजै माथि उठ्न सकिने बताएका छन्।

शुक्रबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा नवमनोनीत केन्द्रीय कमिटी सदस्यहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराउँदै अध्यक्ष ओलीले समृद्धिको महान् लक्ष्य बोकेको एमालेलाई घेराबन्दी र विकासविरोधी तत्त्वहरूले रोक्ने प्रयास गरे पनि पार्टी आफ्ना उद्देश्यबाट पछाडि नहट्ने स्पष्ट पारे।

अध्यक्ष ओलीले देशमा प्रतिगमन भएको र पार्टीलाई धक्का लागेको भए तापनि सानातिना विषयमा नअल्झिएर फराकिलो मनका साथ अघि बढेमा एमाले फेरि लडेको ठाउँबाट उठेर साविककै स्थितिभन्दा अझ सशक्त रूपमा उदाउने विश्वास व्यक्त गरे।

कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले शपथ लिएका केन्द्रीय सदस्यहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्दै समाजमा ‘आदर्श व्यक्ति’ को रूपमा स्थापित हुनुपर्नेमा जोड दिए। उनले गलत आचरण त्यागी पवित्र, शुद्ध, निष्कलंक, कम्युनिस्ट शालीनता र विनम्रता प्रस्तुत गर्न निर्देशन दिए।

साथै, वर्तमान समय ‘सूचना प्रविधिको युद्ध’ को जमाना भएकाले नेता तथा कार्यकर्ताहरूले आधुनिक प्रविधि र समसामयिक परिवेशलाई आत्मसात् गर्दै सोही अनुसार राजनीतिक भूमिका निर्वाह गर्नुपर्नेमा उनले विशेष जोड दिए।


No ads found for this position

प्रतिक्रिया

One thought on “चुनौती र घेराबन्दीबाट माथि उठ्छौं : एमाले अध्यक्ष ओली”

  1. Vo vo navuk Gukhane ukhkhan tukka le kam nagare pachhi feri arko chalakhi,aba yesta chalakhi ko kam chhainna, thug,dalal, taskar,bichauli,jhole bharaute ra Gunda parichalan garera 35 barsha samma thuge pani ,aba kam chhainna kahile samma mashu Vat ka vattuwa haru palchhau Baje ? ab timlai kasaile patyaudainna. Gukhane

Leave a Reply

Your email address will not be published. Required fields are marked *