राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय कार्यालय सार्ने

डिसी नेपाल
१७ असोज २०८३ २१:३०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो केन्द्रीय कार्यालय स्थानान्तरण गर्न नयाँ घर वा जमिन खोजीका लागि पार्टीका सदस्य तथा शुभेच्छुकहरूसँग अनुरोध गर्ने निर्णय गरेको छ।

शनिबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले हालको केन्द्रीय कार्यालय अन्यत्र सार्नुपर्ने आवश्यकता औंल्याउँदै सो निर्णय गरेको पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

‘पार्टीको केन्द्रीय कार्यालय अन्यत्र सार्नुपर्ने आवश्यकता महसुस गर्दै काठमाडौं उपत्यकाको पायक पर्ने स्थानमा जमिन वा घर खोजीका लागि केन्द्रीय समिति बैठकले सदस्य तथा शुभेच्छुकहरूलाई अनुरोध गरेको छ,’ पार्टीद्वारा जारी निर्णयमा उल्लेख छ।

हाल रास्वपाको केन्द्रीय कार्यालय काठमाडौंको वनस्थलीमा भाडाको भवनमा सञ्चालित छ। घरधनी भरतमणि देवकोटाले लामो समयदेखि भाडा नपाएको र सुरक्षाको कारण देखाउँदै करिब एक वर्षअघि नै तीन महिनाभित्र भवन खाली गरिदिन रास्वपालाई ताकेता गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *