देउवा-गगन विवादबीच डिला संग्रौलाको दाबी- ‘कांग्रेस विधानअनुसार अघि बढेको छ’(भिडियोसहित)
काठमाडौं। नेपाली कांग्रेसकी केन्द्रीय सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टी विधान र संविधानअनुसार सभापति गगनकुमार थापाको नेतृत्वमा कांग्रेस अघि बढिरहेको बताएकी छन्।
उनले कांग्रेसभित्रको पक्ष–विपक्ष र नेतृत्वसम्बन्धी विवादका बीच पनि पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवालगायत वरिष्ठ नेताहरूलाई औपचारिक पत्राचार गरी सम्मानपूर्वक अधिवेशनमा निमन्त्रणा गरिएको जानकारी दिइन्।
कांग्रेसको जारी अधिवेशन तथा महाधिवेशन समारोहमा देश तथा विदेशबाट करिब ७ हजार प्रतिनिधि सहभागी भएको उनले बताइन्। आजको उद्घाटन समारोह सभापति गगनकुमार थापाको सभापतित्वमा हुँदैछ।
समारोहमा शुभकामना व्यक्त गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत प्रमुख राजनीतिक दलका नेताहरू तथा प्रतिनिधिहरूलाई अतिथिका रूपमा निमन्त्रणा गरिएको छ।
त्यस्तै, सोसलिस्ट इन्टरनेसनललगायत विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधि तथा विदेशी पाहुनाहरूको समेत सहभागिता रहने आयोजकले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment