दुर्गा प्रसाईंलाई धराैटीमा छाड्न अदालतको आदेश

डिसी नेपाल
२० असोज २०८३ १६:४१
24
Shares

काठमाडौं। जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार सम्बन्धी कसुरमा धरौटीमा छाड्न आदेश दिएको छ।

जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले मंगलबार प्रसाईंसँग २ लाख धरौटी लिएर छाड्न आदेश दिएको हो।

प्रसाईंलाई असार १२ मा साइबर ब्युरोले पक्राउ गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाको उजुरीको आधारमा प्रहरीले उनलाई विद्युतीय अपराध ऐन सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको थियो।

प्रसाईंले युट्युबमार्फत छोराको शवसँग सांसद पद साटेको भन्दै अपमानजनक टिप्पणी गरेका थिए।

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *