चाडबाडको मुखमा ग्यास लिन सर्वसाधारणको भीड (तस्बिरहरू)

डिसी नेपाल
२६ असोज २०८३ ११:२१
8
Shares

ललितपुर। चाडबाड नजिकिँदै गर्दा ललितपुरको हरिसिद्धि क्षेत्रमा खाना पकाउने एलपीजी ग्यास लिनका लागि उपभोक्ताहरूको अत्यधिक भीड लागेको छ।

तस्बिरहरूमा देखिएअनुसार ग्यास खरिद गर्न आएका गाडी र उपभोक्ताहरूको लामो लाइनका कारण स्थानीय सडकमा समेत यातायात अवरुद्ध भई जामको समस्या उत्पन्न भएको छ।

चाडपर्वको समयमा घरायसी कामकाज र परिकार बनाउने क्रम बढ्ने हुनाले बजारमा ग्यासको माग उच्च हुने गर्दछ।

तर, सोहीअनुरूप सहज आपूर्ति र व्यवस्थापन हुन नसक्दा सर्वसाधारण उपभोक्ताहरू लामो समयसम्म लाइनमा बस्न बाध्य हुँदै आएका छन्। यसरी चाडपर्वको मुखमा उपभोग्य वस्तुको सहज उपलब्धता नहुँदा नागरिकहरूले अनावश्यकरूपमा सास्ती खेप्नुपरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *