अटलान्टिक वा प्रशान्त महासागरको नाम बदलेर ‘ट्रम्प ओसन’ राख्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सुझाव

डिसी नेपाल
२६ असोज २०८३ १६:०८
16
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः एकपटक आफ्नो अनौठो र चर्चित वक्तव्यका कारण विश्वभरको ध्यान खिचेका छन्। ट्रम्पले अटलान्टिक वा प्रशान्त महासागरको नाम फेरेर ‘ट्रम्प ओसन’ वा ‘ओसन अफ द अमेरिका’ राख्ने सुझाव दिएका छन्।

शनिबार आयोजित एक चुनावी र्‍यालीलाई सम्बोधन गर्दै ट्रम्पले सन् २०२८ मा आफ्नो कार्यकाल समाप्त हुनुअघि कम्तीमा एउटा महासागर र एउटा ठुलो नदीको नाम परिवर्तन गर्न चाहेको बताएका हुन्। ट्रम्पको यो भनाइ सुनेर र्‍यालीमा उपस्थित उनका समर्थकहरूले हाँस्दै ताली बजाएर समर्थन जनाएका थिए।

ट्रम्पले सार्वजनिक क्षेत्र वा रणनीतिक जलमार्गहरूको नाम आफ्नै नाममा राख्ने चाहना वा सुझाव व्यक्त गरेको यो पहिलो पटक भने होइन । यसअघि पनि ट्रम्पले आफ्नो सोसल मिडिया प्लेटफर्ममा पटक-पटक पोस्ट गर्दै रणनीतिक रूपमा महत्त्वपूर्ण होर्मुज जलडमरूमध्य लाई अमेरिकी प्रभाव क्षेत्र दाबी गर्दै त्यसको नाम बदलेर ‘ट्रम्प स्ट्रेट’ राख्नुपर्छ कि भनेर प्रश्न गरेका थिए।

ट्रम्पको यो अभिव्यक्तिलाई कतिपयले चुनावी भाषणको ठट्टाका रूपमा लिएका छन् भने कतिपयले अन्तर्राष्ट्रिय जलमार्ग र भौगोलिक नामकरणका स्थापित नियमहरूप्रति उनको बेवास्ताका रूपमा टिप्पणी गरिरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *